ओलीलाई विश्वासको मत नदिने तीन दलको निर्णय

ओलीलाई विश्वासको मत नदिने तीन दलको निर्णय

अर्थ चौतारी

ओलीलाई विश्वासको मत नदिने तीन दलको निर्णय

A A- A+

काठमाडौं । तीन विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठकले उक्त निर्णय गरेको हो । माओवादी केन्द्रमा उपमहासचिव वर्षमान पुनले अनलाइनखबरसँग भने, ‘आइतबार विश्वासको मत दिदैनौं । नयाँ सरकार ७६ (३) अनुसार गठन हुनुपर्थ्यो । ७६ (२) मा पुनः सरकार बन्नु असंवैधानिक हो ।’ ठूला दल मिल्दा निरंकुशताको खतरा हुने भएकाले सशक्त प्रतिपक्ष बन्ने पुनले बताए । प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?