राजनीतिक नियुक्तिका कारण सही नीति निर्माण हुन सकेन : रवि लामिछाने

राजनीतिक नियुक्तिका कारण सही नीति निर्माण हुन सकेन : रवि लामिछाने

अर्थ चौतारी

राजनीतिक नियुक्तिका कारण सही नीति निर्माण हुन सकेन : ...

A A- A+

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक नियुक्तिका कारण मुलुकमा सही नीति निर्माण हुन नसकेको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार काठमाडौंमा आयोजना गरेको नीति मन्थन मौद्रिक नीतिबारे अन्तरक्रिया कार्यक्रममा लामिछानेले सरकारका पुग्ने बितिकै दलहरूको प्राथमिकता राजनीतिक नियुक्तिमा रहने गर्दा त्यसका कारण मुलुकमा सही नीति निर्माण हुन नसकेको बताएका हुन् । राजनीतिक नियुक्ति स्वार्थप्रेरित हुने हुँदा उनीहरूबाट बनाउने नीतिहरू पनि देशका लागि नभइ आफ्ना स्वार्थका आधारमा बन्ने उनको भनाइ छ । उनले ठूला भनिएका राजनीतिक दलहरूलाई कार्यकर्ता र भातृसंगठनको भारी बोक्नुपरेको र उनीहरूको पार्टीप्रतिको योगदान चुकाउन राष्ट्रिय सम्पत्ति दोहन हुने गरेको जिकिर गरे । सभापति लामिछानेले दुई ठूला राजनीतिक दलहरूले नै सरकार बनाउदा राजनीतिक नियुक्तिहरू झन बढेर जाने र मुलुकको नीतिहरू अस्तव्यस्त हुने आशंका व्यक्त गरे । अहिलेको ठूला दलहरूको मिलन देशको हितमा हुने संकेत नदेखिएको उनले बताए । राष्ट्र निर्माण र नीति निर्माण गर्ने क्रममा विज्ञहरूको रायसल्लाह आवश्यक रहेकोले नीति मन्थनलाई आवश्यकता अनुसार निरन्तरता दिने जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?