जुम्ला, १७ भदौ । जुम्लाको पातारासी गाउँपालिका वडा नं ४ स्थित लुमको काठेपुलबाट खसेर बेपत्ता भएका हरिकृष्ण बुढाको शव भेटिएको छ । गत बुधबार उक्त पालिकाको लुममा रहेको काठेपुलबाट खसेर बेपत्ता भएका २८ वर्षीय बुढाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए ।
पुलबाट करिब १४ किलामिटर तल उर्थुमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । गएको बुधबार बिहानै ८ बजे गाउँपालिको लासी बजारबाट तल्फी जानेक्रममा क१प १८२० नम्बरको मोटरसाइकल पुलबाट जवा नदीमा खसेको थियो । रासस

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच