२५० किलो गाँजासहित एक जना पक्राउ

२५० किलो गाँजासहित एक जना पक्राउ

अर्थ चौतारी

२५० किलो गाँजासहित एक जना पक्राउ

A A- A+

विराटनगर:  बिरातनगरबाट २५० किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले भारत लैजाँदै गरेको २५० किलो गाँजासहित एक जनालाई पक्राउ गरेको हो ।

विराटनगर महानगरपालिका–१७ आईसीपी रोडबाट मंगलबार राति साढ ११ बजेतिर काँचो केरा लोड गरिएको प्रदेश १–०२–०२ च ६३३१ नम्बरको पिकअप भ्यानबाट गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, एसपी नवराज कार्कीले दिएको जानकारी अनुसार बोरामा प्याक गरेर पिकअपको पछाडि ढालामा राखिएको अवस्थामा गाँजा बरामद भएको बताइएको छ।

नेपाल भारत सीमा क्षेत्र नजिकै केरा र गाँजा अनलोड गर्दै गरेको जानकारी पाएपछि प्रहरी पुगेको थियो ।

भ्यानको ढालामा गाँजालाई माथिबाट केराले छोपिएको थियो । प्रहरीले पिकअपलाई नियन्त्रणमा लिएर चालक धनकुटाको शहीदभूमि गाउँपालिका–३ का १८ वर्षीय दिवस राईलाई पक्राउ गरेको छ ।

चालक राईविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?