ट्रम्पमाथिको आक्रमणप्रति बाइडेनले गरे निन्दा

ट्रम्पमाथिको आक्रमणप्रति बाइडेनले गरे निन्दा

अर्थ चौतारी

ट्रम्पमाथिको आक्रमणप्रति बाइडेनले गरे निन्दा

A A- A+

काठमाडौँ– अमेरिकी राष्ट्रप्रति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको गोली आक्रमणको निन्दा गरेका छन् ।ट्रम्पमाथि गोली चल्दा डेलाभेयरमा रहेका उनले सबै अमेरिकीलाई एकजुट हुँदै आक्रमणको निन्दा गर्न आह्वान समेत गरेका छन् ।उनले भनेका छन्– ‘अमेरिकामा यस्ता खालका हिंसाको कुनै स्थान छैन, यस्ता घटनाका दोषीलाई माफी गर्न सकिँदैन ।’बाइडेनले ट्रम्प सुरक्षित रहेको जानकारी पाउँदा आफूलाई खुसी लागेको बताएका छन् ।नेपाली समयअनुसार आइतबार बिहान अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पमाथि पेन्सिलभेनियाको बटलरमा भएको चुनावी सभामा गोली प्रहार भएको थियो ।गोली प्रहारबाट ट्रम्पको दाहिने कानको माथिल्लो भागमा घाउ लागेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।गोली प्रहार गर्ने व्यक्ति सुरक्षा कारबाहीमा मारिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?