काठमाडौं – नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् । बढेको मुल्य सोमबार राति १२ बजेदेखि लागु हुने छ । मुल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७१ रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १६० भएको छ ।निगमले भारतबाट आएको नयाँ मुल्य सूची बढेर आएकोले मुल्य बढाउनु परेको जानकारी दिएको छ ।


इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच