काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा पक्षबाट मन्त्रीका लागि चार जनाको नाम सिफारिस गरिएको छ ।नेता शेखर कोइराला पक्षका एक केन्द्रीय सदस्यले चार जनाको नाम पार्टी सभापति शेरबहादुर देउवालाई बुझाइएको जानकारी गराए । उनका अनुसार प्रदीप पौडेल, रामनाथ अधिकारी, हृदयराम थानी र तेजुलाल चौधरीको नाम सभापतिलाई बुझाइएको हो ।शेखर–गगन पक्षले आफ्नो समूहबाट चार जना मन्त्री पाउनुपर्ने समूहको बैठक बसेर निर्णय आइतबार बिहान गरेको थियो । उक्त समूहबाट मन्त्रीका लागि चर्चामा रहेका सहमहामन्त्री जीवन परियारको नाम भने छुटेको छ ।संस्थापन इतरका एक नेताले भने, ‘सहमहामन्त्री भएकाले जीवन परियार स्वतः पर्नुपर्छ भन्ने थियो । प्रदीप पौडेलका लागि महामन्त्रीको जोड थियो,’ उनले भने, ‘रामनाथ अधिकारी र हृदयराम थानी शेखर दाइको रोजाइमा हुनुहुन्थ्यो ।’ प्रदीप पौडेलका लागि महामन्त्रीको जोड तथा अधिकारी र थानीका लागि शेखरले बल गर्दा जीवन परियारको नाम पर्न नसकेको उनले सुनाए ।संस्थापन इतरका चार जनामा तेजुलाल चौधरीको नाम सिफारिसमा परे पनि उनी राष्ट्रपति रामचन्द्र पौडेलको जोडमा सिफारिसमा परेको कांग्रेसका नेता बताउँछन् ।मन्त्रीको सूचीमा परेका भनिएका रामनाथ अधिकारी र हृदयराम थानीले आफूहरुलाई हालसम्म औपचारिक जानकारी केही नआएको बताएका छन् ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच