अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

अर्थ चौतारी

अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

A A- A+

अछाममा आगलागी हुँदा दुईजना नाबालकको मृत्यु भएको छ। मेल्लेख गाउँपालिका– ६ को षोडषामा छानामा आगलागी हुँदा उनीहरूको मृत्यु भएको हो।

स्थानीय दीपक बोहराकी छोरी अन्दाजी आठ वर्षीया भावना बोहरा र रमेश बोहराका छोरा अन्दाजी ६ वर्षीय गोपाल बोहराको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।

उनका अनुसार सोमबार बिहान खरले छाएको कच्ची छानामा अचानक सल्केको आगोले स्याउलासमेत जलेपछि सोही आगोमा परी ती नाबालकको मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?