विराटनगर : कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पत्रकारकै कारण पत्रकारिता क्षेत्रमा आकर्षण हराउन थालेको तथा संकटमा परेको बताएका छन्।शनिबार संचारिका समूह कोशी प्रदेशद्वारा आयोजित पत्रकार महिलाहरूको क्षमता अभिवृद्धि कार्यशाला कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन्।अन्तर्राष्ट्रिय स्तरमा नै राष्ट्रियको चौथो अंगको दर्जा दिएको बताउँदै मन्त्री अधिकारीले पेसाप्रति जिम्मेवार रहनसमेत आग्रह गरे।सरकार सधैँ प्रेस स्वतन्त्रताको पक्षमा सूचनाको हक र अधिकारको पक्षमा रहेको बताउँदै उनले कोशी प्रदेशमा पनि प्रेस ऐन ल्याउने तयारी रहेको बताए।उनले सकेसम्म बजेट अधिवेशनको छलफलपश्चात् चाँडै प्रेस ऐन ल्याउने प्रतिबद्धता जाहेर गरे।नेपाल पत्रकार महासंघ कोशी प्रदेशका महासचिव विवेक गौतमले पत्रकारको संरक्षण र विकासको निमित्त राज्यले ध्यान नदिएको आरोप लगाए। महिला मात्रै होइन पछिल्लो समय पुरुष पत्रकार पनि समस्यामा परेको बताए।अन्य प्रदेशमा जस्तै कोशी प्रदेशमा संचारक्षेत्रमा कानुन नबनेको उनको भनाइ थियो। विषयमा पत्रकारिता सबै समुदायलाई समेट्ने बोलीले मात्रै नभएर व्यावहारिक हुन राज्य लाग्नुपर्नेमा उनले जोड दिए।कोशी प्रदेश उपाध्यक्ष हिमा चेम्जोङले महिलाको पहिचान गुमनाम हुने गरेको बताइन्। विवाहपछि त झनै पेसाबाट पलायन हुने गरेको उनको भनाइ थियो। केन्द्रीय सदस्य सरिता बराइलीले कोरोना महामारीले गर्दा पनि पेसामा संकट बेहोर्नुपरेको बताइन्।अबको पत्रकारिता प्रविधिसँगै अगाडि बढ्न जरुरी रहेको बताउँदै उनले विविध चुनौतीलाई सामना गर्दै अगाडि बढ्न सके यो पेसामा भविष्य रहेको बताइन्। संचारिका समूहकी केन्द्रीय अध्यक्ष विमला तुम्खेवाले महिलाहरू क्षमता भएर पनि निर्णायक तहमा पुग्न नसकेको बताइन्।'महिला अक्षम नभएर निर्णयक तहमा नपुगेको होइन' उनले भनिन्, 'समान रूपमा संरक्षण नभएर हो। पत्रकार महिला टिकाउन राज्य पनि संवेदनशील हुनु जरुरी छ।'
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच