आज यी स्थानमा हुनेछ भारी वर्षा, महाशाखाले भन्यो- सतर्कता अपनाउनू

डुबानले जनजीवन प्रभावित कञ्चनपुर, २४ असार ः लगातार वर्षाका कारण डुबानमा परेको कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित रहेको घर । नदी र तटीय क्षेत्रका स्थानीयबासी डुबानका कारण बढी प्रभावित भएका छन् । तस्बिर ः शेरबहादुर सिंह÷रासस

आज यी स्थानमा हुनेछ भारी वर्षा, महाशाखाले भन्यो- सतर्कता अपनाउनू

अर्थ चौतारी

आज यी स्थानमा हुनेछ भारी वर्षा, महाशाखाले भन्यो- सतर्कता ...

A A- A+

आज कोशी र मधेशका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । त्यस्तै कोशी, मधेश, बागमती, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुनेछ । कोशी, मधेश, लुम्बिनी र गण्डकीलगायत प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको  छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । अहिले देशभर बदली रही कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका केही स्थानमा पानी परिरहेको छ ।

आगामी २४ घण्टामा देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने र कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बिहीबार देशभर बदली रही कोशी, मधेश, बागमती, गण्डकीलगायतका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । कोशी, मधेश, बागमती र गण्डकीका एक/दुई स्थानमा भारी वर्षा हुन सक्नेछ । बिहीबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

त्यस्तै शुक्रबार देशभर बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशको केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना छ । साथै बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । शुक्रबार राति कोशी र गण्डकी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको हुन सक्ने महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?