काठमाडौं । यस वर्ष नेपालमा मनसुन सुरु भएयताको २७ दिनमा विपद्का घटनामा परी ६० जनाले ज्यान गुमाएका छन् ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार २०८१ जेठ २८ गतेदेखि असार २२ गतेसम्मको अवधिमा उनीहरूको ज्यान गएको हो । बाढी, पहिरो र चट्याङका घटनामा परी उनीहरूको मृत्यु भएको केन्द्रको तथ्यांकले देखाउँछ ।
यस अवधिमा नेपालमा मनसुनजन्य विपद्का ४१९ घटना रेकर्ड भएका छन् । ती घटनामा चारजना बेपत्ता र ७२ जना घाइते भएको केन्द्रले जनाएको छ ।
विपद्का घटनाबाट ६५७ परिवार प्रभावित भएका छन् । ती घटनाले ४१ घरमा आंशिक र ५१ घरमा पूर्ण क्षति गरेको छ । मनसुनजन्य विपद्का घटनामा परी ४१९ चौपायको मृत्यु भएको छ ।
यस वर्ष मनसुन सुरु भएयताको अवधिमा पहिरोका घटनामा परी ३३, चट्याङ लागेर १९ र बाढीका घटनामा परी आठजनाको मृत्यु भएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच