प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आवेदन खुला

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आवेदन खुला

अर्थ चौतारी

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आवेदन खुला

A A- A+

काठमाडौं, फागुन ८ । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारी चाहने बेरोजगार नागरिकहरूलाई फागुन मसान्तसम्म आवेदन दिन आह्वान गरेको छ।

कार्यक्रमअनुसार इच्छुक बेरोजगार व्यक्तिहरूले आफ्नो सम्बन्धित वडा कार्यालयमा पुगेर निवेदन दिन सक्ने भएका छन्। १८ देखि ५९ वर्ष उमेर समूहका नेपाली नागरिकहरूले सामुदायिक विकास निर्माणका काममा संलग्न हुन आवेदन दिन सक्नेछन्।

निवेदनका लागि नागरिकताको प्रतिलिपि, तस्वीर, कुनै सिपमूलक तालिम लिएको भए प्रमाणपत्र, साथै एकल महिला वा अपांगताको प्रमाण खुल्ने कागजात अनिवार्य गरिएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सरकारले स्थानीय तहमार्फत कार्यान्वयन गर्दै आएको छ। चालु आर्थिक वर्षका लागि सरकारले २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ, जसको वित्तीय स्रोत नेपाल सरकारले नै व्यवस्था गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?