एमालेबाट ओलीबाहेक धेरै मान्छे एकीकृत समाजवादीमा आउँदैछन्ः मेटमणि चौधरी

एमालेबाट ओलीबाहेक धेरै मान्छे एकीकृत समाजवादीमा आउँदैछन्ः मेटमणि चौधरी

अर्थ चौतारी

एमालेबाट ओलीबाहेक धेरै मान्छे एकीकृत समाजवादीमा आउँदैछन्ः मेटमणि चौधरी

A A- A+

ठमाडौं, २६ भदौ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं पूर्वमन्त्री मेटमणि चौधरीले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबाहेक धेरै नेता तथा कार्यकर्ताहरु आफ्नो पार्टीमा आउने तयारीमा रहेको बताएका छन् ।प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमालेमा बोल्न नपाउने, भन्न नपाउने अवस्थालाई विद्रोह गरेर नेताहरु एकीकृत समाजवादीमा आउने बताएका हुन् ।

‘यो ओली पार्टीमा, म त नेकपा (एमाले) पार्टी भन्दिन । एमाले भएको भए मान्छेले बोल्न पाउँथे, भन्न पाउँथे । त्यो ओली पार्टी भएको कारणले ओली पार्टीबाट यस्ता कुराहरु आउँछ कहिलेकाहीँ । हाम्रो पार्टी फुट्दैन । बरु ओली पार्टीमा निकै ठूलो भुकम्प आउँदैछ । ओली पार्टीको संरचनाहरु सबै भत्किन्छ । नयाँ पार्टीहरु बन्नसक्छ । हाम्रो पार्टी अगाडि बढिरहेको छ । ओली पार्टीभित्र निकै ठूलो विद्रोह हुने सम्भावना देख्दैछु । ओलीबाहेक धेरै मान्छे एकीकृत समाजवादीमा आउँदैछन् । मान्छे बोल्न पाउँदैनन्, भन्न पाउँदैनन् । थुकसमेत निल्न पाउँदैनन् । त्यो पार्टीभित्र कतिदिन मान्छे रहन्छन्,’– उनले भने ।

साथै, उनले एकीकृत समाजवादी पार्टी फुट्छ भन्नेमा कुनै सत्यता नरहेको बताए । उनले एमालेलाई ओली पार्टीको संज्ञा दिए । एकीकृत समाजवादी झनै बलियो हुँदै गएको उनले बताए । एमालेमा धेरै भ्रष्ट मान्छे रहेको उनको आरोप छ । भ्रष्टहरुले नै एमालेलाई सक्ने नेता चौधरीको दाबी छ । संख्यात्मक हिसाबले दोस्रो ठूला पार्टी रहेपनि एमालेको पतन सुरु भइसकेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?