सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा ृएमालेले दिएको समर्थन फिर्ता लिइएको छ । एमाले, सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन बुधवार साँझ फिर्ता लिएको हो । नेकपा ृएमालेबाट सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा दिए । नेकपा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिएको बताए । उनले मुख्यमन्त्रीको सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समर्थन फिर्ता लिएको पत्र दर्ता गरेको बताए । सुदूरपश्चिम प्रदेश सरकार अब अल्पमतमा परेको छ भने उता नेपाली काँग्रेस र एमाले नयाँ सरकार गठनका लागि छलफलमा जुटेका छन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच