त्रिशूलीमा बेपत्ता दुई किशोरमध्ये एकको शव फेला

त्रिशूलीमा बेपत्ता दुई किशोरमध्ये एकको शव फेला

अर्थ चौतारी

त्रिशूलीमा बेपत्ता दुई किशोरमध्ये एकको शव फेला

A A- A+

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५ घाटबेशीबाट त्रिशूली नदीमा बेपत्ता भएका दुई किशोरमध्ये एक जनाको शव फेला परेको छ ।घाटबेशीका १५ वर्षीय युनिक सुवेदीको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले आइतबार फेला पारको हो ।शनिबार दिउँसो ४ बजेतिर पौडी खेल्ने क्रममा १५ वर्षीय युनिक र १३ वर्षीय रिदम रोइला त्रिशूली नदीमा बेपत्ता भएका थिए ।बेपत्ता भएकामध्ये रिदमको खोजी जारी रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।दुई किशोर बेपत्ता भएको सूचना पाए लगत्तै सशस्त्रको आदमघाटस्थित विपद् व्यवस्थापन बेसबाट डीएसपी मदनकुमार रसाईलीको कमाण्डमा ७ जनाको टोली परिचालन भएको थियो ।आइतबार सशस्त्रको विपद् व्यवस्थापन शिक्षालय कुरिनटारबाट इन्सपेक्टर धनकुमार अधिकारीको कमाण्डमा ५ जनाको गोताखोर टोली पनि परिचालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?