आइटी आर्मीको आन्दोलन स्थगित गर्न प्रभु साहको निर्देशन

आइटी आर्मीको आन्दोलन स्थगित गर्न प्रभु साहको निर्देशन

अर्थ चौतारी

आइटी आर्मीको आन्दोलन स्थगित गर्न प्रभु साहको निर्देशन

A A- A+

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पार्टीको भातृ संगठन आइटी आर्मीले वैदेशिक रोजगारको नाममा भइरहेको ठगीविरुद्ध जारी राखेको आन्दोलन तत्काललाई स्थगित गर्न निर्देशन दिएका छन् । आइटी आर्मी विगत १९ दिनदेखि आन्दोलित छ । आइटी आर्मीले वैदेशिक रोजगार विभाग घेराउ, श्रममन्त्री डीपी अर्यालको पुत्ला दहनसमेत गरिसकेको छ ।पछिल्लो समय कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने र संविधान संशोधन गर्नेलगायत विषयमा सहमति गरिसकेपछि विकसित राजनीतिक परिस्थितिको मूल्याङ्कन गर्दै आजपाका अध्यक्ष साहले आइटी आर्मीलाई आन्दोलन तत्कालका लागि स्थगन गर्न निर्देशन दिएका हुन् ।आइटी आर्मीका अध्यक्ष सीबी साहले अध्यक्ष प्रभु साहबाट तत्काल आन्दोलन स्थगन गर्न निर्देशन प्राप्त भएको जानकारी दिए । उनकाअनुसार अध्यक्ष साहले देशको राजनीतिक परिस्थिति नै बदलिएको र लोकतन्त्र झन् गम्भीर सङ्कटमा परेकोले पार्टीको सिङ्गो पङ्क्ति लोकतन्त्र बचाउनको लागि र तेस्रो जनआन्दोलनको लागि तयार हुनुपर्ने भएकोले अहिलेको आन्दोलन स्थगन गरिएको हो ।पार्टी अध्यक्ष साहले देशमा दलीय सिन्डिकेट रहेकोमा अब देशकै दुई ठुला दल कांग्रेस र एमाले मिलेर सरकार चलाउनु र संविधान संशोधनको विषय अघि ल्याउनुले लोकतन्त्रमाथि कालो बादल मडारिएको निष्कर्ष निकालेका छन् । उनले देशमा लोकतन्त्रको ठाउँमा दलतन्त्र हाबी भएको उल्लेख गर्दै अहिले त देशमा अधिनायकवादी चरित्र हाबी हुँदै दुई दलीय सिन्डिकेट लाद्न खोजिएकोमा आपत्ति जनाए ।

it army

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?