केसीको प्रश्नः कांग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु प्रकरणमा चोखिन हो?

केसीको प्रश्नः कांग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु प्रकरणमा चोखिन हो?

अर्थ चौतारी

केसीको प्रश्नः कांग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु प्रकरणमा ...

A A- A+

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नक्कली भुटानी शरणार्थी र गिरिबन्धु टि–स्टेट प्रकरण ढाकछोप गर्नका लागि कांग्रेस–एमालेबीच सहकार्य भएको भए मान्य नहुने चेतावनी दिएका छन्।आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले त्यस्ता काण्डहरुबाट आफूलाई चोख्याउन कांग्रेस–एमालेले नयाँ सत्ता समीकरण बनाएको हो भने त्यो नेपाली जनतालाई मान्य नहुने बताए।अध्यक्ष केसीले नयाँ पुराना सबै दलहरु भ्रष्ट छन् भन्ने कुरा नेपाली जनतालाई थाहा भएकाले विगतमा भएका गल्ती सच्याएर अघि बढ्न अब बन्ने सरकारलाई सुझाव दिए।उनले एमालेले सरकारको नेतृत्व गर्ने भन्ने कुराप्रति पनि असन्तुष्टि व्यक्त गरे। संसदको ठूलो दल कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने उनको भनाइ थियो।अध्यक्ष केसीले नेपाली जनताले राजनीतिक पार्टीहरुप्रति घृणा गरिरहेको उल्लेख गर्दै त्यसलाई चिर्ने गरी अब बन्ने सरकारले काम गर्नुपर्ने पनि बतए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?