काठमाडौं– बाँकेको कुसुममा राप्ती नदीले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागले अपराह्न ४ बजेर ४० मिनेट जाँदा कुसुममा राप्ती नदीको जल सतह खतरा तह ७.८ नाघेर ७.९४ पुगेको जानकारी दिएको हो ।विभागको कुसुमस्थित जलमापन केन्द्रमा सतर्कता तह ६ हो । तर, सो स्थानमा राप्ती नदीको जल सतह यतिखेर खतराको तह पार गरेर निरन्तर बढ्दो छ ।राप्तीमा जल सतह बढेसँगै तल्लो तटीय क्षेत्र डुडुवा, राप्ती सोनारी, नरैनापुर, गंगापुर, मटेहिया, कालाफाँटा, कटकुइया, फत्तेपुर, विनौना, होलिया, कम्दी, कचनापुर, वनकटवा, सीतापुर, राधापुर, खासकुस्मा र नेपालगन्ज उपमहानगरपालिका क्षेत्र लगायतमा बसोबास गरिरहेका नागरिक त्रासमा छन् ।भारतले राप्ती नदीमा एकतर्फी ढङ्गले बनाएको लक्ष्मणपुर बाँध र कलकल्वा तटबन्धका कारण वर्षेनी नेपाली भूभाग डुबानमा पर्ने गरेका छन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच