पक्राउ परेका थापालाई सरकारी वकिल कार्यालय काठमाडौँमा लगियो

पक्राउ परेका थापालाई सरकारी वकिल कार्यालय काठमाडौँमा लगियो

अर्थ चौतारी

पक्राउ परेका थापालाई सरकारी वकिल कार्यालय काठमाडौँमा लगियो

A A- A+

काठमाडौँ :  नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले पक्राउ गरेका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा लगिएको छ ।

शुक्रबार बौद्धबाट पक्राउ परेका प्रतीकलाई आइतबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा लगेको हो । उनलाई त्यसपछि जिल्ला अदालत काठमाडौँमा पेस गरिने छ ।

प्रतीकलाई यसअघि पेस भएको अभियोग पत्रमा बयानका लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिने छ । आइतबार उनको बयान हुने र सोमबार थुनछेक बहस हुनेछ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको अपराध अभियोगमा गत वर्ष सरकारी वकिलको कार्यालय काठमाडौँले प्रतीकलाई फरार सूचीमै राखेर मुद्दा दायर गरेको थियो ।

यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचेन झालाई म्याद थपका लागि अदालतमा पेस गरिने जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?