रोशनीको बयान- सुप्रिम सहकारीको चेकबाट रवि लामिछानेको नाममा दुई करोड जम्मा गरेँ

रोशनीको बयान- सुप्रिम सहकारीको चेकबाट रवि लामिछानेको नाममा दुई करोड जम्मा गरेँ

अर्थ चौतारी

रोशनीको बयान- सुप्रिम सहकारीको चेकबाट रवि लामिछानेको नाममा दुई ...

A A- A+

काठमाडौं- सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी रोशनी गुरुङले रवि लामिछनेको नाममा २ करोड रुपैयाँ जम्मा गरेको बयान दिएकी छन् ।

सहकारीका व्यवस्थापक सागर केसीको निर्देशनअनुसार आफूले उक्त रकम रविको खातामा जम्मा गरिदिएको बताएकी हुन् ।

‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ मा समेटिएको बयानमा उक्त कुरा उल्लेख गरिएको छ ।

समितिले सार्वजनिक गरेको प्रतिवेदनमा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी रोशनीले आफूले नै रविको नाममा सहकारीमा खाता खोलिदिएको बयान दिएकी हुन् ।

‘मलाई व्यवस्थापकले रवि लामिछानेको नाममा खाता खोल्न लगाउनु भयो, निर्देशनअनुसार खाता खोलेको थिएँ । उक्त खतावाला को थिए मलाई थाहा भएन’, उनले भनेकी छन्, ‘यस विषयमा समाचारमा रोशनी गुरुङले पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् प्रतिनिधि सभाका सदस्य रवि लामिछानेको खाता खोलेको भन्ने समाचार आएर मलाई साथीहरूले लिङ्क पठाउन थालेपछि के भएको भन्ने मलाई लाग्यो । संस्थामा व्यवस्थापक सागर केसीले भने अनुसार सबै काम गर्थ्यौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?