आजदेखि दुवै सदनमा बजेटमाथि सामान्य छ्लफल हुने

आजदेखि दुवै सदनमा बजेटमाथि सामान्य छ्लफल हुने

अर्थ चौतारी

आजदेखि दुवै सदनमा बजेटमाथि सामान्य छ्लफल हुने

A A- A+

काठमाडौं- संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठक आइतबार बस्दैछ।आज बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकमा जेठ १५ गते संसदमा प्रस्तुत भएको राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री वर्षमान पुनले पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।प्रस्ताव पेशपछि राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुने
संघीय संसद सचिवालयले जनाएकाे छ। त्यसैगरी, राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ।राष्ट्रियसभामा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुने कार्यसूची छ।सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरेकाे छ।अर्थमन्त्री पुनले  संसद्‌मा बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ कराेड रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?