काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा शून्य समयमा बोल्दै उनले सरकारमा बसेर प्रश्न सोध्नेहरूको जवाफ कसले दिने हो भन्दै प्रश्न गरे ।‘म सभामुखमार्फत सरकारलाई सोध्न चाहन्छु, सरकारमा बसेर प्रश्न सोध्नेहरूको जवाफ कसले दिने हो ? यो अराजकता कहिले अन्त्य हुने हो । यो देश सरकारले चलाइरहेको छ कि अन्त कतैबाट चलेको छ ? जवाफ चाहन्छु,’ पौडेलले भने । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरूले आफूले भनेको नमानेको कुरा बताएको भन्दै प्रधानमन्त्रीय पद्धतिमा यो लज्जास्पद कुरा भएको उनले बताए । ‘प्रधानमन्त्रीज्यु भन्नुहुन्छ, मेरो निर्देशन कसैले मान्दैन, प्रधानमन्त्रीय पद्धतिमा यो भन्दा लज्जाजनक कुरा के हुनसक्छ ?,’ उनको प्रश्न छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच