काठमाडौं । संघीय संसद सचिवालयमा आन्दोलनरत कर्मचारीले कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीसँग छलफल गरिरहेका छन् मन्त्री गिरी नेतृत्वको तीन सदस्यीय टोलीले अहिले संसद् सचिवालयका कर्मचारी युनियनका प्रतिनिधिहरूसँग संसद् भवनमा संंवाद अघि बढाएको हो कानूनमन्त्री मन्त्री, संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, राष्ट्रियसभाका सचिव र एमाले सचेतक सुनिता बरालसहित संवादमा जुटेका हुन् ।आइतबार बिहान मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गिरीको नेतृत्वमा समिति बनाएको थियो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, अर्थमन्त्री वर्षमान पुन लगायत नेताहरूको बैठकले कर्मचारीको मागबारे सहजीकरणका लागि समिति बनाएको हो समितिमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनी सदस्य छन् । अतिरिक्त समयमा काम गरेको पारिश्रमिक नपाएको लगायत ११ बुँदे माग राखेर संघीय संसद्का कर्मचारीहरू आन्दोलनमा छन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच