मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते

अर्थ चौतारी

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते

A A- A+

९झापा० । झापाको मेचीनगर नगरपालिका(१५ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

अन्य दुईजना गम्भीर घाइते भएका छन् ।

 

दुर्घटनामा मेचीनगर(१० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रहरीका अनुसार मेचीनगर(१५ लालझोडास्थित भित्री सडकखण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १(०१(०१६ प ४१८ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको हो ।

 

मोटरसाइलकमा तीन जना सवार थिए । दुर्घटनामा घाइते मेचीनगर(१० का २१ वर्षीय अभिषेक राई र सोही स्थानका २१ वर्षीय विवेक दनुवार घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?