सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार

अर्थ चौतारी

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एक लाख ५२ हजार ...

A A- A+

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (आज) छापावाल सुन एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत साउन २९ गते नयाँ रेकर्ड बनाएको थियो । उक्त दिन सुनको मूल्य तोलामा एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आज तीन हजार रुपैयाँले मूल्य बढेको छ । आज चाँदी एक हजार ७६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । गत शुक्रबार एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?