हसिनाले छाडेपछि लगातार दोस्रो दिन पनि बढ्यो बंगलादेशको सेयर बजार

हसिनाले छाडेपछि लगातार दोस्रो दिन पनि बढ्यो बंगलादेशको सेयर बजार

अर्थ चौतारी

हसिनाले छाडेपछि लगातार दोस्रो दिन पनि बढ्यो बंगलादेशको सेयर ...

A A- A+

ढाका । बंगलादेशको सेयर बजारमा बुधवार हरियाली देखिएको छ । प्रधानमन्त्री शेख हसिना र उनको सरकारको पतनपछि लगातार दोस्रो दिन पनि बजार उकालो लागेको हो । त्यहाँको बेन्चमार्क शेयर परिसूचक ढाका स्कट एक्सचेञ्ज (डीएसई) बिहान ११ः५० सम्ममा ६५ अङ्कले बढेर ५ हजार ४९१ अंकमा उक्लिएको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाखेरीको तुलनामा १ दशमलव २ प्रतिशत धेरै हो । ब्लु–चिप इन्डेक्स डीएस ३० पनि ३३ अंकको वृद्धिसहित १ हजार ९६८ अंकमा पुगेको थियो । यो पनि अघिल्लो दिन कारोबार बन्द हुँदाखेरिको भन्दा १ दशमलव ७२ प्रतिशत धेरै हो । सोही समयमा अर्को परिसूचक डीएसईएस ११ अङ्कले बढ्यो । बुधवार अन्य स्थानीय शेयर परिसूचक पनि हरियालीमै थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?