सरकारले जथाभावी खर्च गरी बजेट दुरुपयोग गर्‍यो : सांसद डा. कार्की

सरकारले जथाभावी खर्च गरी बजेट दुरुपयोग गर्‍यो : सांसद डा. कार्की

अर्थ चौतारी

सरकारले जथाभावी खर्च गरी बजेट दुरुपयोग गर्‍यो : सांसद ...

A A- A+

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले विकास खर्चमा सबै नागरिकको बराबर हक सुनिश्चित गर्न सरकारसँग माग गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा डा. कार्कीले डोटी जिल्ला अस्पताल भवन निर्माण कार्य सुचारु हुनेगरी बजेटको व्यवस्था गर्न पनि सरकारसँग माग गरिन् । उनले सो अस्पतालमा आईसीयु र डायलासिस सेवा तत्काल सुचारु गराउन पनि सरकारको ध्यानाकर्षण गराए । सांसद कार्कीले असार मसान्तमा आएर जथाभावी बजेट खर्च नगर्न पनि सरकारसँग माग गरिन् ।‘वर्षभरी काम नहुने अनि असार मसान्तसम्म चाहीँ जसरी पनि खर्च गर्नुपर्ने ? दबाबमा पर्याप्त अध्ययन नै नगरी जथाभावी अनाआवश्यक रुपमा दोहोर्‍याई, तेहेर्‍याई सडक पिच गर्ने, सरकारी भवन ठेक्का लगाउने जस्ता कामले जनताको करको दुरुपयोग भइरहेको छ,' डा. कार्कीले भनिन्, 'सुदूरपश्चिमको डोटी जिल्लामा भने राष्ट्रिय गौरवको योजना भनिएको खुटिया–दिपायल द्रुतमार्ग मात्र ८६ किलोमिटर पनि वर्षौदेखि बजेट अभावका कारण अलपत्र छ । डोटी जिल्लाकै शिखर नगरपालिका वडा नम्बर १० र ११ जोडने पुल ठेक्का लागेर पनि काम भएको छैन । डोटी जिल्लाको अस्पताल भवन ठेक्का लागेर पनि अन्तिम अवस्थामा आएर रोकिएको छ ।'सांसद डा. कार्कीले सबै क्षेत्रमा विकास गर्नुपर्ने माग गरिन् । विकासमा हरेक नागरिकको हक बराबर रहेको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?