अर्थमन्त्री पुनको दाबी-बजेटको स्वीकार्यता बढेको छ

अर्थमन्त्री पुनको दाबी-बजेटको स्वीकार्यता बढेको छ

अर्थ चौतारी

अर्थमन्त्री पुनको दाबी-बजेटको स्वीकार्यता बढेको छ

A A- A+

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेटबाट सकारात्मक प्रतिक्रिया पाएको दाबी गरेका छन् । आज काठमाडौंमा नाफिजले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले पारदर्शी र तथ्यमा आधारित बजेट ल्याएकाले त्यसमा स्वीकार्यता बढेको उनले बताए ।उनले बजेट आफूले संघीय संसदमा प्रस्तुत गरे पनि यसमा सबै मन्त्रालय, कार्यालय र निजी क्षेत्रहरुको योगदान रहेको बताए । ‘बजेटमा मैले एक्लै हिस्सेदारी लिन मिल्दैन,’ मन्त्री पुनले भने ।करका दर हेरफेर गर्दा कसैलाई मर्कामा परे पनि स्रोत जुटाउनका लागि कर बढाउन बाध्य भएको मन्त्री पुनले बताए ।आत्मनिर्भर अर्थतन्त्र राष्ट्र निर्माणका लागि त्यो जरुरी भएको भन्दै उनले केही असन्तुष्टि भए पनि त्यसलाई मान्नैपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?