वीरभान सिंह विष्टको हत्या आरोपमा तीन जना पक्राउ

वीरभान सिंह विष्टको हत्या आरोपमा तीन जना पक्राउ

अर्थ चौतारी

वीरभान सिंह विष्टको हत्या आरोपमा तीन जना पक्राउ

A A- A+

बैतडी ।  बैतडीको पाटन नगरपालिका–६ का ४५ वर्षीय वीरभान सिंह विष्टको हत्या आरोपमा तीन जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा पाटन–६ का २६ वर्षीया भागरथी विष्ट, पाटन–१ का २२ वर्षीय राजेन्द्र भट्टराई र २३ वर्षीय किशोर भट्टराई रहेको छन् । भागरथीलाई घरबाटै, राजेन्द्र र किशोरलाई भागिरहेका अवस्थामा डडेल्धुराको भत्काडाबाट पक्राउ गरिएको  बैतडीका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ नायब निरीक्षक भूपाल थापाले जानकारी दिनुभयो । असार १ गतेदेखि सम्पर्कविहीन वीरभानको शव प्लास्टिकले बेरेको अवस्थामा सोमबार दिउँसो पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत घाङल खोलामा भेटिएको थियो । विष्टलाई बेपत्ता पारेको भन्दै आफन्तले सोमबार इलाका प्रहरी कार्यालय पाटनमा भागरथीको नाममा उजुरी दिएका थिए । त्यसपछि निवेदन दिएको केही समयपछि भागरथीलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो ।पक्राउपछि भागरथीले आफूले नै वीरभानको हत्या गरेको स्वीकार गरिसेकेकी छन् । उनले चिर्पटले हानेर वीरभानको हत्या गरेको प्रहरी समक्ष बयान दिएको प्रहरीको भनाइ छ । यही असार १ गते शनिबार रातिको समयमा घरमा आएर अपशब्द प्रयोग गरेपछि सहन नसकेर चिर्पटले हानेर हत्या गरेको भागरथीको बयान रहेको प्रहरीले जनाएको छ ।हत्यापछि आइतबार मध्यरातसम्म आफ्नै घरभित्र शव लुकाएको र त्यसपछि प्लास्टिकमा बेरेर घाङल खोलामा फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोमबार भागरथीको घरबाट खेतको आली हुँदै पाँच सय मिटर तल सडकसम्म घिसारेर शव लगेको छापहरू देखेका थिए । त्यहाँ रगतसमेत देखिएकाले प्रहरीलाई खबर गरेका थिए । विस्टको शव व्यवस्थापनमा सहयोग गरेको आरोपमा राजेन्द्र र किशोरलाई पक्राउ गरेको हो । शव व्यवस्थापनमा सहयोग गरेका थप एक जना अझै फरार रहेको र उनको खोजी जारी रहेको प्रहरी वरिष्ठ नायब निरीक्षक थापाले बताए ।मृतक विष्टको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?