माइक्रोफाइनान्स कम्पनीहरु नै खारेज गर्नुपर्ने, ती कम्पनीबाट लिएको ऋण नतिर्ने, ऋण उठाउन आउने कर्मचारीलाई हातपात गर्ने जस्ता घटनाले माइक्रोफाइनान्सका लगानीकर्ता नै चरम निराशामा थिए ।
७ चैत, काठमाडौं । बुधबार समग्र सेयर बजार ३.३४ अंक घट्दा माइक्रोफाइनान्स समूहको सूचक भने करिब १०० अंक बढ्यो । यस दिन अधिकांश माइक्रोफाइनान्स कम्पनीहरुको मूल्य उच्च दरमा बढ्यो । धेरै मूल्य बढेका दश कम्पनीमध्ये ७ वटा माइक्रोफाइनान्स मात्रै परे । गुराँस, धौलागिरि, गणपति, एनएमबी, आरम्भ चौतारी, मेरो र समता माइक्रोफाइनान्स अधिक मूल्य बढेका दश कम्पनीभित्र परे ।
अघिल्लो दिन मंगलबार पनि बजार ६.२४ अंक घट्यो तर माइक्रोफाइनान्स समूहको सूचक ७९ अंक बढ्यो । सो दिन धेरै मूल्य बढेका १० कम्पनीमध्ये ६ कम्पनी माइक्रोफाइनान्स थिए । विगत केही दिनयता नै माइक्रोफाइनान्स कम्पनीहरुमा उत्साह देखिएको छ ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच