एकैदिन ८० प्रतिशतले महँगियो हरियो धनियाँ

एकैदिन ८० प्रतिशतले महँगियो हरियो धनियाँ

अर्थ चौतारी

एकैदिन ८० प्रतिशतले महँगियो हरियो धनियाँ

A A- A+

बजारमा हरियो धनियाँको भाउ बढेको छ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले हरियो धनियाँको मूल्य बढेको देखाएको हो।समितिको तथ्यांक अनुसार बिहीबारको तुलनामा शुक्रबार ८० प्रतिशतले हरियो धनियाँ महँगिएको छ। बिहीबार प्रतिकिलो थोक मूल्य दुई सय ५० रूपैयाँदेखि तीन सय रूपैयाँ तोकिएको हरियो धनियाँ शुक्रबार चार सय ५० रूपैयाँदेखि पाँच सय रूपैयाँ तोकिएको छ।निरन्तर बर्खाका कारण माग अनुसारको आपूर्ति नहुँदा हरियो धनियाँको भाउ बढेको कालीमाटी बजारका व्यवसायी भीम बहादुर श्रेष्ठले जानकारी दिए। 'बर्खामा सबै तरकारीको मूल्य बढी नै हुन्छ,' उनले भने, 'तर धनियाँको मूल्य धेरै नै महँगियो।'बजारमा हरियो धनयाँको आपूर्ति बढेसँगै मूल्य घट्न थाल्ने उनको भनाइ छ। 'किसानको बारीमा धनियाँ छ तर बर्खाले गर्दा बजारमा ल्याउन सकेका छैनन्,' उनले भने, 'धनियाँ आउन थालेपछि मूल्य घट्न थाल्छ।'हाल कालीमाटी बजारमा मकवानपुर, दक्षिणकाली, पालुङ, काठमाडौं, भक्तपुर तथा कुलेखानी लगायतका क्षेत्रबाट हरियो धनियाँ आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?