क्राइमियाको समुद्र किनारमा युक्रेनी मिसाइल हमलामा दुई बालबालिकासहित चारको मृत्यु

क्राइमियाको समुद्र किनारमा युक्रेनी मिसाइल हमलामा दुई बालबालिकासहित चारको मृत्यु

अर्थ चौतारी

क्राइमियाको समुद्र किनारमा युक्रेनी मिसाइल हमलामा दुई बालबालिकासहित चारको ...

A A- A+

काठमाडौं । युक्रेनी मिसाइल हमलामा परेर क्राइमियामा दुई बालबालिकासहित चार जनाको मृत्यु भएको छ । घटनाको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको रुसी विश्व च्यालन आरटीले उल्लेख गरेको छ ।आरटीका अनुसार युक्रेनले क्राइमियाको सेभास्तोपोल सहरको ब्ल्याक सी रिसोर्टमा उक्त विस्फोट भएको हो । विस्फोटमा परेर १५० बढी घाइते भएको बताइएको छ ।अमेरिकाले युक्रेनलाई दिएको मिसाइल प्रयोग भएर आक्रमण भएको रुसले बताएको छ । रुसी रक्षा मन्त्रालयले पाँच मिसाइल प्रहार भएकोमा चारलाई बिचैमा झारिएको र पाँचौँलाई मार हान्दा बाटो फेरेर नागरिक क्षेत्रमा झरेको बताएको छ ।आरटीका अनुसार रुसी रक्षा मन्त्रालयले यो आक्रमणको उचित हिसाबकिताब हुने बताएको छ । सन २०१४ मार्च १६ मा भएको जनमत संग्रहबाट क्राइमिया रुसमा गाभिएको हो ।रुसी भाषी बाहुल्य क्राइमिया रुसमा शान्तिपूर्वक गाभिएको थियो । तर, यसलाई पश्चिमा लगायतका धेरै देशहरूले मान्यता दिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?