राजनीतिलाई अपराधीकरणले गाँज्दा देशमा भ्रष्टाचार बढ्योः शेखर कोइराला

राजनीतिलाई अपराधीकरणले गाँज्दा देशमा भ्रष्टाचार बढ्योः शेखर कोइराला

अर्थ चौतारी

राजनीतिलाई अपराधीकरणले गाँज्दा देशमा भ्रष्टाचार बढ्योः शेखर कोइराला

A A- A+

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले राजनीतिभित्र अपराधीकरण भइरहेको बताएका छन्।नेपाल मुस्लिम संघ मोरङको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिलाई अपराधीकरणले गाँजेकै कारण देशमा भ्रष्टाचार बढेको र जनताले सुशासनको अनुभूति गर्न नपाएको बताएपछिल्ला दिनहरुमा राजनीतिज्ञ, व्यवसायी र कर्मचारीहरु एक ठाउँमा उभिएको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने, ‘जुन देशमा यी तीन समूह एक ठाउँमा उभिन्छन्, तब विद्यमान ऐन कानुनहरु गौण रहन्छ र देश बर्बादीको बाटोमा लाग्छ।’

कोइरालाले चारैतिरबाट देश संकटमा परेको बताए। ‘रेमिटेन्सले देश चलिरहेको छ। आर्थिक अवस्था राम्रो छैन। यस्तो अवस्थामा देश जतिबेला पनी कोल्याप्स गर्न सक्छ,’ कोइरालाले भने।मानिसको सबै अङ्गले काम गर्न छोडेपछि जति उपचार गरे पनि शरीर ठीक नहुने प्रसङ्ग उल्लेख गर्दै कोइरालाले अहिले देश त्यही अवस्थामा पुगेको बताए।

यो सरकार लामो समय नटिक्ने उनले चेतावनी दिए। कोइरालाले अहिले कांग्रेस आफ्नो पार्टी संगठनको काममा लाग्ने भन्दै आफूहरु सरकार ढाल्ने काममा लाग्ने पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?