गलेश्वर । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ । रघु गङ्गा गाउँपालिका–१ तिप्ल्याङ बजारमा सडक अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइ सडक फराकिलो बनाउने र स्तरोन्नति गर्ने काम भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले जानकारी दिए ।तिप्ल्याङको पाँच सय मिटर बजार क्षेत्रमासडक विस्तार तथा स्तरोन्नतिको काम भइरहेको छ । पर्वतको मालढुङ्गाबाट मुस्ताङको कोरला नाकासम्म दुई सय दुई कलोमिटर लामो बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत विभिन्न खण्डमा स्तरोन्नति र कालोपत्र भइरहेको छ ।विसं २०७४ जेठ ५ गते सम्झौता भई आगामी पुसको ८ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने गलेश्वरबाट तातोपानीसम्मको सडकखण्डमा हालसम्म करिब ९० प्रतिशत प्रगति भएको छ । यस खण्डको कुल लागत रु ६२ करोड ४४ लाख छ ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच