काठमाडौं । साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत घरेलु टोली नेपालले आज समूहको दोस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ ।समूह एबाट यसअघि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेका यी दुई टोली बीचको खेलले समूह ए को विजेता टुङ्गो लाग्नेछ । पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको थियो । त्यसपछि अर्को खेलमा बंगलादेशले श्रीलंकालाई २-० ले हराएपछि नेपाल र बंगलादेश एक खेल अघि नै सेमिफाइनल पुगेका हुन् । श्रीलंका भने समूह चरणबाटै बाहिरिसकेको छ ।बंगलादेशको गोल अन्तर राम्रो रहेकोले नेपालसँग बराबरी खेले पनि समूह ए को विजेता बन्ने छ । नेपालको लागि भने समूह विजेता बन्न बंगलादेशलाई हराउनै पर्ने छ ।समूह बीमा रहेको भारतसँगको सम्भावित सेमिफाइनल भेट टार्नका लागि नेपाल समूह एको विजेता बन्ने लक्ष्यमा छ ।समूह बीमा शुक्रबार हुने भारत र माल्दिभ्सबीचको समूहको अन्तिम खेलपछि सेमिफाइनल समीकरण तय हुनेछ ।६ टोलीलाई दुई समूहमा विभाजन गरेर च्याम्पियनसिप खेलाइएको छ र दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच