काठमाडौँ। स्वतन्त्र सांसद अमेरश कुमार सिंहले बजेटमा बिभेद गरिएको जिल्लालाई लिज दिउँ भनेपछि प्रतिनिधिसभामा विवाद भएको छ ।आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसद सिंहले बजेटमा प्राथमिकतामा परेको चार–पाँच वटा भाग्यमानी जिल्लाबाहेकलाई अर्को देशमा लिजमा दिउँ भन्ने धारणा राखेका थिए ।
उनले बजेट नै नजाने जिल्लालाई किन नेपालमा राख्ने भन्दै प्रश्न गरेका थिए। सांसद सिंहको उक्त धारणाप्रति नेकपा एमालेका सांसदहरुले आपत्ति जनाएका थिए । एमाले प्रमुख सचेतक महेश बतौलाले सिंहले राष्ट्रघाति अभिव्यक्ति दिएको भन्दै कारवाही गर्न माग गरे । देशलाई अर्को देशमा गाभिदिऔं भनेर संसद्को रोष्ट्रमबाट आएको अभिव्यक्ति आपत्तिजनक रहेको उनले बताए ।
त्यसपछि सभामुख देवराज घिमिरेले सांसद सिंहले संसद्मा असंसदीय भाषा प्रयोग गरेको र राष्ट्रमाथि प्रश्न खडा हुने भाषा प्रयोग भएकाले रेकर्डबाट हटाउने निर्देशन दिए। सभामुखको निर्देशनपछि सांसद सिंहले सभामुखको भूमिका प्रति प्रश्न उठाए । सभामुखले दलीय हिसावले निर्देशन दिने गरेको भन्दै निर्देशनलाई मान्न तयार नरहेको सांसद सिंहले बताए ।
सदनमा निरन्तर विवाद भएपछि सभामुख घिमिरेले बजेटमाथिको विषयमा नबोल्ने भए रोष्ट्रम छोडेर जानका लागि निर्देशन दिएका थिए। त्यसपछि पनि सांसद सिंहले आपत्ति जनाएका थिए। सांसद सिंहले बोल्दै गर्दा माइक काटिएपछि उनि रोष्टमबाट फर्किएका थिए ।

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच