एकीकृत समाजवादी(नेकपा एस)को महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वमा युवालाई अघि बढाउने आन्तरिक रणनीति भएको बुझिएको छ। अध्यक्षमा माधव कुमार नेपाल नै दोहोरिने चाहना राख्दै गर्दा युवा नेताहरु त्यसलाई हस्तक्षेप गर्ने तयारीमा रहेको एक नेताले बताए।अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालबिच नेतृत्वको लागि प्रतिस्पर्धा हुने चर्चा चलिरहँदा खनाल आफू पछि हटेर पार्टी महासचिव घनश्याम भुसाललाई अध्यक्षमा अघि सार्ने आन्तरिक तयारी भएको बुझिएको छ।एमालेबाट अलग भएको ३ वर्ष पुग्नै लाग्दा यहि असार १६ देखि २० गतेसम्म हुन लागेको महाधिवेशनबाट चुनिने नेतृत्वको लागि नेताहरु आन्तरिक छलफलमा छन्।यसअघि दुई पटक मिति सरिसकेकोले तेस्रोपटक तोकिएकै समयमा महाधिवेशन गर्ने शीर्ष नेताको दाबी छ। पार्टीका एक शीर्ष नेताका अनुसार सम्मानित नेता खनाल अहिले आफैँ अध्यक्षमा लड्ने भनेर अन्तिम समयमा भुसाललाई नै साथ दिएर आफू पछि हट्ने योजनामा छन्।ती नेताले देश सञ्चारसँग भने,‘महासचिव भुसाललाई पार्टीका युवा पंक्तिले साथ दिने देखिएको छ। अध्यक्षको लागि दुई जना प्रतिस्र्धी भनिएको छ तरझलनाथ चुनावमा भिड्नुहुदैन, उहाँले दोस्रो मान्छे उभ्याउनुहुन्छ त्यो भनेको महासचिव घनश्याम भुसाल हुनुहुन्छ।’उनका अनुसार अध्यक्षको लागि खनाल र नेपाल दुई जनाको विवाद हुँदा खनालले महासचिव भुसाललाई अघि सार्ने वा अन्य नेता कार्यकर्ता र हलमा उपस्थितले नै भुसाललाई अध्यक्ष चुनोस् भन्ने चाहना खनालको छ। ती नेताले थपे,‘ खनालले अघि सार्न खोजेपनि घनश्याम भुसालले नै आँट गरेको जस्तो मलाई लाग्दैन तर अड्कलबाजी गर्ने आधारहरु भने धेरै छन््’पछिल्लो समय भुसालले आयोजना गरेको समाजवादी अध्ययन केन्द्र कार्यक्रममा पनि घुमिफिरी अध्यक्षमा अघि सर्न गरेको रणनीति भएको पार्टी नेताहरु बताउँछन्।एक नेताले देश सञ्चारसँग भने,‘हुन त उक्त कार्यक्रममा अध्यक्ष र सम्मानित नेता पनि हुनुहुन्थ्यो तर सम्मानित नेता खनाल गुटको कार्यक्रम जस्तै कार्यक्रम भयो।’अध्यक्ष नेपाल समुहका नेतालले समासचिव भुसालले उठाएका दस्तावेजमा अलमल बढी भएको कारण अध्यक्षमा चाहना गर्न हतार हुने टिप्पणी गरे। भुसाललाई साथ दिनेमा पार्टीका उपमहासचिवहरु, सचिव रामकुमारी झाँक्री र अन्य युवा छन्। नेकपा एमालेका पूर्व उपमहासचिव भुसाल २०७९ साल पुष २९ मा नेकपा एसमा प्रवेश गरेका हुन्।पार्टी प्रवेश गरेपछि सम्बोधन गर्दै भुसालले आफूले १० वर्षमा एक नेतृत्वादायी समाजवादी पार्टी बनाउने घोषणा गरेका थिए। उनले त्यस्तो समाजवादी पार्टीमा कसैको विशेषाधिकार नहुने समेत ठोकुवा गरेका थिए।उनले भनेका थिए, ‘नेतृत्वमा मै भएँ भने पनि १० वर्षमा यस्तो पार्टी बनाउँछौँ, जहाँ कसैको विशेषाधिकार हुँदैन। सबै कमिटीमा निर्वाचित भएर आउनुपर्छ। ४० वर्षको उमेरपछि मात्र केन्द्रीय कमिटीमा आउने परम्परा अन्त्य हुन्छ। सबैको पहुँचमा पार्टी हुन्छ।’ पार्टीमा सवैको पहुँच हुन्छ भन्ने गरेका भुसाल अध्यक्षको लागि तयारी गरिहरहेका हुन्। अध्यक्षको लागि पार्टीका साथीहरुले साथ दिने उनले दाबी गरेका छन्।एमालेबाट विभाजन भएपछिको पहिलो महाधिवेशनबाट अध्यक्षमा दोहोरिएर नेपालले प्रभाव र विरासत कायम राख्ने जमर्को गरेको उनिनिकट बताउँछन्।तीन वर्षमा पनि पार्टी फुटको औचित्य पुष्टि हुने गरि नीति,कार्यक्रम, कार्यदिशा र सिद्धान्त अगाडि नसारेको भन्दै सम्मानित नेता खनालले यसपटक दबाब बढाउन खोजेको बुझिएको छ।पार्टीले तीन वर्षमा लय नै नसमाएको भन्दै खनालले युवालाई अध्यक्षमा अगाडि बढाउने आन्तरिक तयारी गरेका बुझिएको छ। नेकपा एसले महाधिवेशनका लागि असार ५गतेसम्ममा देशैभरबाट प्रतिनिधि छनोट गरिसक्ने लक्ष्य लिएको छ।समाजवादीमा १२५ जिल्ला सदस्य बराबर एकजना महाधिवेशन प्रतिनिधि छानिने छन्। यसरी प्रतिनिधि छान्दा महिला र दलितलाई प्राथमिकता राखिने पार्टीले जनाएको छ। प्रतिवेदन र प्रतिनिधि छनोटको मुख्य कामपछि महाधिवेशनको तयारी र व्यवस्थापनमा लाग्ने पार्टीको तयारी छ।नेकपा एसले प्रचार प्रसार, अतिथि सत्कार, अर्थ परिचालन, संस्कृति तथा कला साहित्य, स्वास्थ्य व्यवस्थापन, खाद्य व्यवस्थापनसहितका कमिटी बनाएको छ। महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरू केन्द्रीय कमिटीबाट पारित गरी छलफलका लागि पार्टी पङ्क्तिमा पठाइएको छ। सङ्गठित पार्टी सदस्यता अर्थात् महाधिवेशनका प्रतिनिधि छनौट गर्ने मतदाता नामावली तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ।उक्त नामावली यथाशिघ्र सम्बन्धित जिल्ला कमिटी, निकाय र क्षेत्रमा पठाइने छ। विभिन्न क्षेत्रबाट निर्वाचित हुने÷प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूको निर्वाचन क्षेत्र, अनुपात र सङ्ख्याः दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गर्दा भूगोलका सङ्घीय निर्वाचन क्षेत्र र उपत्यका प्रदेश तथा सम्पर्क प्रदेश अन्तर्गतका जिल्ला कमिटीका कार्यक्षेत्रबाट १२५ सङ्गठित पार्टी सदस्य बराबर १ प्रतिनिधिका दरले प्रतिनिधि छनोट गर्ने तर शेष भागमा थप सङ्ख्या आउनका निम्ति कुल सदस्य सङ्ख्यालाई १२५ ले भाग गर्दा कम्तिमा प्वाइन्ट पाँच (.५) रहेको हुनुपर्ने पार्टीले निर्णय गरेको छ।प्रतिनिधि निर्वाचनका लागि प्रदेश इञ्चार्ज, सहइञ्चार्जहरू तथा अध्यक्ष, जिल्ला इञ्चार्ज तथा सहइञ्चार्जहरू,जनसंगठनका इञ्चार्ज तथा सहइञ्चार्जहरू, केन्द्रीय विभागका प्रमुखहरू र केन्द्रीय कार्यालय सचिवले आ–आफ्नो कार्यक्षेत्रका निर्वाचनको अनुगमन गर्ने एसले जनाएको छ।पार्टी तथा जनसंगठनका सबै तहका कमिटीहरूले दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न नहुँदासम्म सम्पूर्ण कामहरू महाधिवेशन केन्द्रीत गर्ने। अन्य कुनै पनि गतिविधिहरू सञ्चालन नगर्ने निर्णय गरेको छ।नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीका सदस्य तिलक बि.क. सल्यानीले उक्त पार्टी परित्याग गरी नेकपा एसमा आबद्ध भएकाले उनलाई सम्पर्क विशेष प्रदेश कमिटीको सदस्यमा मनोनयन गरिएको नेकपा एसले जनाएको छ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच