त्रिभुवन विमानस्थलबाट सुनसहित ३ जना पक्राउ

त्रिभुवन विमानस्थलबाट सुनसहित ३ जना पक्राउ

अर्थ चौतारी

त्रिभुवन विमानस्थलबाट सुनसहित ३ जना पक्राउ

A A- A+

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनसहित ३ जनालाई पक्राउ गरेको छ । सुन संकलन गरेर लैजान लागेको अवस्थामा ५२ ग्राम पहेँलो धातुको बाला २ थान, औँठी १ थान र चन्द्र बिन्दु १ थान बरामद गरिएको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।पक्राउ पर्नेहरूमा बागलुङ नगरपालिका–४ घर भएका ३६ वर्षीय शम्सेर विक, गुल्मी सत्यवती गाउँपालिका–२ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर र बाराको जितपुर सिमरा उपमहानगरपालिका–२४ घर भएका ४३ वर्षीय साहेव देवन छन् ।हिमालयन एयरलाईन्सको उडानद्वारा नेपाल आएका शम्सेर र नुम बहादुरलाई ९–९ हजार रुपैयाँ दिएर भन्सार छली गरेको सुन साहेवले अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियामा संकलन गरेका हुन्  आरोपीहरुलाई कानुनी कारबाहीका लागि प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?