प्रधानमन्त्री दाहालले गरे भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता

प्रधानमन्त्री दाहालले गरे भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता

अर्थ चौतारी

प्रधानमन्त्री दाहालले गरे भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता

A A- A+

काठमाडौं- भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनका समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्।आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकाेमा समकक्षी मोदीलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे।भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो।सो अवसरमा उनीहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा पनि छलफल भएको थियो।प्रधानमन्त्री दाहाल आइतबार साँझ प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए। उनी आइतबार नै भारतको नयाँदिल्ली प्रस्थान गरेका थिए।प्रधानमन्त्री प्रचण्डका साथमा उनकी छाेरी गंगा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन्। प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?