विश्वासको मत नपाउँदै गण्डकीका मुख्यमन्त्रीले संसद‍्मा पठाए नीति तथा कार्यक्रम पेस गर्ने पत्र

विश्वासको मत नपाउँदै गण्डकीका मुख्यमन्त्रीले संसद‍्मा पठाए नीति तथा कार्यक्रम पेस गर्ने पत्र

अर्थ चौतारी

विश्वासको मत नपाउँदै गण्डकीका मुख्यमन्त्रीले संसद‍्मा पठाए नीति तथा ...

A A- A+

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत लिँदैछन् । उनले सोमबार दिउँसो ३ बजे विश्वासको मत लिने गरी प्रदेश सभा बैठक बोलाइएको छ । २७ सिट रहेको कांग्रेसका सांसद मात्रै उनको पक्षमा छन् । बहुमतका लागि ३१ सिट चाहिन्छ । तर, पाण्डेले संसदमा नीति तथा कार्यक्रम पेस गर्ने सूचना पनि संसद् सचिवालयमा पठाएका छन् । मंगलबार संसद‍्मा नीति तथा कार्यक्रम पेस गर्न मुख्यमन्त्रीले पत्र पठाएका संसद् सचिवालयले जनाएको छ । विश्वासको मतको टुंगो नलाग्दै पाण्डेले नीति तथा कार्यक्रम पेस गर्ने सूचना पठाउनुमा उनी विश्वासको मत पाउनेमा ढुक्क देखिन्छन् ।पाण्डेलाई राप्रपा र स्वतन्त्र सांसद दीपक मनाङेले मत दिने सम्भावना छ ।  तर यतिले मात्र उनलाई बहुमत पुग्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?