यो सिजन कुनै खेल नहारेको लेभरकुजन कीर्तिमानतर्फ अघि बढ्दै

यो सिजन कुनै खेल नहारेको लेभरकुजन कीर्तिमानतर्फ अघि बढ्दै

अर्थ चौतारी

यो सिजन कुनै खेल नहारेको लेभरकुजन कीर्तिमानतर्फ अघि बढ्दै

A A- A+

बायर लेभरकुजनजर्मन बुन्डेस लिगाको उपाधि नजिक पुगेको छ।

आइतबार राति फ्राइबर्गलाई ३-२ गोलले पराजित गरेसँगै लेभरकुजनले शीर्ष स्थानमा १० अंकको अग्रता बनाएको छ।

लिगको ८ खेल खेल्न बाँकी छदा लेभरकुजनको २६ खेलबाट ७० अंक छ। दोस्रो स्थानको बायर्न म्युनिखको ६० अंक छ।

जाभी अलन्सोको प्रशिक्षणमा रहेको लेभरकुजनले यसअघि कहिल्यै जर्मनको शीर्ष डिभिजनको लिग जित्न सकेको छैन।

सन् २०२३-२४ मा खेलेका कुनै पनि खेल नहारेको लेभरकुजनले लिगमा २२ खेलमा जित र  ४ खेल बराबरी खेलेको छ।

Ncell

आइतबारको खेलमा जित हात पारेसँगै लेभरकुजनले कीर्तिमानी ६ अवे खेलमा लगातार जित निकालेको छ। 

‘फ्राइबर्ग विरुद्ध खेल्न सधैं गाह्रो हुन्छ,’ लेभरकुजनका प्रशिक्षक अलन्सोले भने, ‘उनीहरूको दोस्रो गोलले खेललाई थप रोमाञ्चक बनायो। हामीले चौथो गोल गर्न सकेनौं तर राम्रो प्रदर्शन गरेकाले हामी जितका लागि योग्य थियौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?