रेखा जोशीको आवाजमा रहेको चौठ्याले ब्या गर्यो” डेउडा गीत सार्वजनिक ( भिडियो सहित)

रेखा जोशीको आवाजमा रहेको चौठ्याले ब्या गर्यो” डेउडा गीत सार्वजनिक ( भिडियो सहित)

अर्थ चौतारी

रेखा जोशीको आवाजमा रहेको चौठ्याले ब्या गर्यो” डेउडा गीत ...

A A- A+

 काठमाण्डौ : नेपाली गीत सांगीतिक क्षेत्रमा चर्चा बटुल्न सफल लोक देउडा गायीका रेखा जोशीको आवाजमा रहेको "चौठ्याले ब्या गर्यो" नामका देउडा गीत सार्वजनिक भएको छ । शुक्रबार संसार इन्टरटेन्मेन्ट युट्युव च्यानलबाट बाट सार्वजनिक भएको हो ।

सुदूरपश्चिमको अछाम जिल्लाको स्थानीय भाषालाई समेटेर तयार पारिएको ठ्ट्यौली देउडा गीतमा स्वर रेखा जोशी र संसार धामीको रहेको छ । गीतमा शब्द संगीत संसार धामीकै रहेको छ । डेउडा गीत चौठ्याले ब्या गर्यो भन्ने डेउडा गित सुदूरपश्चिमको मौलिक भाषा कला संस्कृतिको समेत जगेर्ना गरेको छ, उक्त गीतले छोटो समयमा उकालो लाग्ने क्रम जारि छ यो गीत मौलिक डेउडा गीत बनेको दर्सकहरुको प्रतिक्रिया रहेको छ । रेखा जोशी र संसार धामीको स्वर भएको गीतमा लय समेत संसार धामी कै रहेको छ र शब्द पनि संसार धामीको नै रहेको छ,भने गीतलाई म्युजिक एरेन्ज भने बिनोद बजुरालि रहेको छ स्टुडियो मालाश्रीमा रेकड भएको गीतलाई मिन रावलले मिक्सिङ्ग गरेका छन् ।

सानै बाट गीत संगीतमा लागेका सौगात साउद क्षेत्री र विभिन्न देउडा गीतमा अभिनय गरिसकेकी झर्ना बोहोराको देउडा गित सार्बजनिक भएको छ। भीम थापाको निर्देसन, राजाराम थापाकाे क्यामरा बाट तयार भएको भिडियोलाई मिन रावलले सम्पादन गरेका छन, भने निर्मला आचार्यको मेकअप रहेको छ । भिडियोमा सौगत साउद क्षेत्री र झर्ना बोहोराको राम्रो अभिनय समेत रहेको छ।

भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?