लगातारको दुई हारपछि पोखराको धुँवादार ब्याटिङ, लुम्बिनीमाथि १० विकेटको रवाफिलो जितसँगै खेर गयो रोहितको ९० रन

लगातारको दुई हारपछि पोखराको धुँवादार ब्याटिङ, लुम्बिनीमाथि १० विकेटको रवाफिलो जितसँगै खेर गयो रोहितको ९० रन

अर्थ चौतारी

लगातारको दुई हारपछि पोखराको धुँवादार ब्याटिङ, लुम्बिनीमाथि १० विकेटको ...

A A- A+

काठमाडौं । पहिलो विकेटका लागि आन्द्रेस गौस दिनेश खरेलबीच १७६ रनको विशाल कीर्तिमानी साझेदारी कायम भएपछि पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा शानदार जित निकालेको छ ।

आज भएको खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पाखा लगाउँदै पोखराले शानदार जित दर्ता गरेको हो ।जारी प्रतियोगितामा यो अहिलेसम्मको सबैभन्दा ठूलो साझेदारी हो ।

गौस र दिनेशले यसअघि जनकपुरका हर्ष थाकेर र लहिरु मिलान्थाको नाममा रहेको कीर्तिमान तोडेका हुन् । यसअघि थाकेर र मिलान्थाले विराटनगर किंग्सविरुद्ध ११६ रनको साझेदारी गर्दै यो कीर्तिमान बनाएका थिए । थाकेर र मिलान्थाले तेस्रो विकेटका निम्ति यो साझेदारी गरेका थिए ।

टीयु क्रिकेट मैदानमा लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछ्याएको पोखराले १६ ओभर ५ बलमा विना विकेटको क्षतिमा पुरा गर्‍यो ।

पोखराका ओपनर आन्द्रेस गौस र दिनेश खरेलले १७६ रनको कीर्तिमानी अविजित साझेदारी गरे । गौसले एनपिएलकै पहिलो शतक प्रहार गरे । गौस १०४ र खरेल ६१ रनमा अविजित रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?