बुटवल । नेकपा एमाले रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्वसम्मत चयन भएका छन् । रुपन्देहीको १० औँ अधिवेशनबाट गैरे सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । तर औपचारिक रूपमा घोषणा हुन भने बाँकी छ । नेताहरूबिच बिहीबार गैरेलाई अध्यक्ष बनाउने सहमति जुटेको थियो । अध्यक्षका अर्का उम्मेदवार तेजेन्द्र केसीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गैरे अध्यक्षमा चयन भएका हुन् । निर्वाचन समिति अनुसार अधिवेशनबाट उपाध्यक्षमा हितराज पन्थी र सचिव पदमा चित्रबहादुर कार्की, उपसचिवमा बाबुराम पन्थी र महिलातर्फको उपसचिवमा सुनिता ठठेर सर्वसम्मत भएका छन् । अधिवेशनको बुधबार एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलले उद्घाटन गरेका थिए ।
इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच