‘पठाओ पार्सल डेलिभरी’ सेवा अब नेपालभर, उपत्यकाभित्रको डेलिभरी अफर ७९ रुपैयाँ मात्र

‘पठाओ पार्सल डेलिभरी’ सेवा अब नेपालभर, उपत्यकाभित्रको डेलिभरी अफर ७९ रुपैयाँ मात्र

अर्थ चौतारी

‘पठाओ पार्सल डेलिभरी’ सेवा अब नेपालभर, उपत्यकाभित्रको डेलिभरी अफर ...

A A- A+

काठमाडौँ । राइड सेयरिङमा अग्रणी कम्पनी पठाओ नेपालले आफ्नो 'पठाओ पार्सल' सेवालाई देशभर विस्तार गरेको छ । केही महिनादेखि परीक्षण गरिरहेको यो सेवाबाट अब भने मुलुकभर तीन सयभन्दा बढी ठाउँमा सामान पठाउन सकिने कम्पनीले जनाएको छ ।  व्यवसायीले काठमाडौंबाट जुनसुकै ठाउँमा सामान पठाउनु परेमा पठाओ पार्सलको सेवा लिन सक्ने जनाइएको छ । कम्पनीका अनुसार काठमाडौँ उपत्यकाभित्रका मर्चेन्टले दिउँसो तीन बजेपछि  डेलिभरीका लागि एक  पटकको पिकअपका लागि २० भन्दा बढी एक/एक केजीका पार्सल  दिएमा प्रत्येक पार्सलको डेलिभरीका लागि ७९ रुपैयाँ लाग्छ भने पिकअप निःशुल्क रहेको छ ।“कम्पनीले देशभरका विभिन्न स्थानमा कार्यालय स्थापना सुरू गरिसकेको छ”, कम्पनीका  प्रवक्ता शशांक शमशेर थापाले भने, “पछिल्लो पाँच महिनामा पठाओ पार्सलले पाँच सयभन्दा बढी विजनेस र मर्चेन्टलाई डेलिभरी सुविधा दिएको छ ।” उनका अनुसार पठाओले यस सेवामार्फत  परीक्षण अवधीमै मासिक ५० हजारभन्दा बढी डेलिभरी गर्न सफल भएको छ । पठाओ पार्सलमा आबद्ध मर्चेन्टलाई पठाओ कम्पनीले ‘ड्यासबोर्ड’ तालिम दिने र मर्चेन्टले आफ्नो सामान कहाँ पुग्यो भनेर ड्यासबोर्डमार्फत नै निगरानी गर्न सक्ने बताइएको छ ।पठाओ पार्सलबाट डेलिभरी गर्दा काठमाडौँ उपत्यकामा २४ घण्टाभित्र सामान डेलिभरी हुनेछ भने उपत्यका बाहिरका मुख्य सहरमा दोस्रो दिन डेलिभरी हुने र बाँकी स्थानमा तीन दिनभित्र डेलिभरी हुने कम्पनीको भनाइ छ ।  कम्पनीका अनुसार क्यास अफ डेलिभरी जम्मा भएको पैसा मर्चेन्टको खातामा ४८ घण्टाभित्र जम्मा हुनेछ । नेपालका सबैजसो मुख्य सहरमा आफ्नै हब रहेकाले पठाओ पार्सलसँग देशकै सबैभन्दा ठूलो डेलिभरी सञ्जाल बन्दै गरेको कम्पनीको भनाइ छ । पठाओले पार्सल डेलिभरीसँगै दुई पांग्रे र चार पांग्रेसमा राइड सेयरिङ, पठाओ फूड, पठाओ बजारको सेवा पनि उपलब्ध गराउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?