‘फर्की फर्की’ र ‘पुजार सार्की’ दोस्रो सातामा

‘फर्की फर्की’ र ‘पुजार सार्की’ दोस्रो सातामा

अर्थ चौतारी

‘फर्की फर्की’ र ‘पुजार सार्की’ दोस्रो सातामा

A A- A+

काठमाडौँ । बुद्ध जयन्तीको अवसर पारेर १० गते बिहीबारदेखि एकसाथ प्रदर्शनमा आएका दुई फिल्म ‘फर्की फर्की’ र ‘पुजार सार्की’ दोस्रो सातामा प्रवेश गर्न सफल भएको छ । पहिलो साता सुखद व्यवसाय गर्दै फिल्म बिहीबारबाट दोस्रो सातामा प्रवेश गरेको हो ।फिल्मको कलेक्सन कति रह्यो भनेर दुवै फिल्मका वितरकले सार्वजनिक गरेका छैनन् । ‘फर्की फर्की’ वितरक गोविन्द शाहीले फिल्मले राम्रो व्यवसाय गरेको बताए पनि कति गर्‍यो भनेर अहिले भन्न चाहेनन् ।यता ‘पूजार सार्की’ का वितरक रोहित कट्टेल पनि फिल्मको बक्स अफिस केही दिनमा मात्र सार्वजनिक गर्ने बताउँछन् । दुवै फिल्मले दोस्रो साता पनि राम्रो शो पाएको छ । ‘फर्की फर्की’ अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारको मुख्य भूमिका रहेको फिल्म हो ।सयोग गुरूङकोे लेखन एवं निर्देशन रहेको फिल्म रोहित अधिकारी र ओमप्रकाश अग्रवालले निर्माण गरेका हुन् । ‘टाइम लुप’ कथामा बनेको फिल्ममा लभस्टोरी पनि छ । ‘पूजार सार्की’ आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बू अभिनित फिल्म हो । दिनेश राउत निर्देशित फिल्म विकास सुवेदीले लेखेका हुन् भने सुवास भुसालले निर्माण गरेका हुन् । फिल्म जातीय विभेदविरुद्ध समाजका तीन पात्रले गर्ने सङ्घर्ष कथामा बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?