काठमाडौं । गणतन्त्रको आएको देशमा फेरि राजा फर्किएका छन्, त्यो पनि माग्ने ! नेपाली सिनेमामा हास्य कलाकार केदार घिमिरे 'माग्ने बुढा' अभिनीत नयाँ फिल्म ‘माग्ने राजा’ को टिजर सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि दर्शकको चासो चुलिएको छ। तर यो चासो फिल्मको कथा, प्रस्तुति वा अभिनय भन्दा बढी पारिश्रमिकको चर्चामा सीमित देखिन्छ। फिल्मको टिजरले दर्शकको उत्साह बढाउनुको सट्टा आलोचना बटुलिरहेको छ। कारण स्पष्ट छ, केदार घिमिरेले फिल्म ‘माग्ने राजा’मा ६१ लाख पारिश्रमिक लिएको निर्माताको दाबी, नेपाली फिल्म क्षेत्रको सन्दर्भमा यो एकदमै ठूलो रकम हो, जसले चलचित्र क्षेत्रमा नै नयाँ बहसको सिर्जना गरेको छ।
यसअघि ‘छक्का पन्जा’ जस्ता हिट फिल्ममा "हल्का रमाइलो" शैलीमार्फत दर्शक हसाउँदै आएका केदार घिमिरे अहिले कलाकारभन्दा बढी ‘६१ लाखे’ को पहिचानमा चिप्लिरहेका छन्। फिल्मका निर्माता मुनाल घिमिरेले केही दिनअघि सार्वजनिक रूपमा केदार घिमिरेलाई ६१ लाख पारिश्रमिक दिएको दाबी गरेपछि दर्शकहरू चकित बने। यो दाबीप्रति कतिपयले विश्वास गरेका छैनन् भने कतिपयले "सिनेमाले उठाउने हो भने सस्तो महँगो केही फरक पर्दैन" भन्दै तर्क गरेका छन्। तर अधिकांशले भने यो न त अभिनेता सुहाउँदो पारिश्रमिक हो, न त टिजरले त्यो स्तर देखाउन सकेको छ भनेर आलोचना गरेका छन्। सोमबार सार्वजनिक गरिएको टिजरमा माग्ने राजा बग्गी चढेर फर्किएको दृश्य देखाइन्छ। आधुनिक लोकतान्त्रिक परिवेशमा माग्ने अर्थात् केदार घिमिरे राजा बन्ने पात्रलाई प्रस्तुत गर्ने कथा अनुमान गर्न सकिए पनि टिजरको सम्पादन, संवाद र प्रस्तुति औसतस्तरको मात्र देखिन्छ।
तर दर्सकले गरेको कमेन्ट एउटा पनि सकारात्मक देखिदैन जसमा लेखिएका छन् ६१ लाखे माग्नेले आफैंलाई राजा बनाए, लगानीकर्ता भने माग्ने हुने सम्भावना देखियो। ८ सय भन्दा बढी कमेन्टमध्ये धेरैजसो आलोचनात्मक छन्। केही उत्साहित र सकारात्मक प्रतिक्रिया पनि छन्, तर तिनीहरू थोरै मात्र छन्। सामान्य रूपमा टिजरले चलचित्रप्रति उत्सुकता जगाउनु पर्छ भन्ने अपेक्षा यो फिल्मले पुरा गर्न सकेको देखिदैन।
केदार घिमिरेको ६१ लाख पारिश्रमिकको समाचारसँगै नेपाली फिल्म उद्योगमा कलाकारको पारिश्रमिकबारे बहस चर्किएको छ। अहिले केही ठूला कलाकारले ५० लाखभन्दा बढी पारिश्रमिक लिएको चर्चा चलेको थियो। तर निर्माताहरूले पटकपटक गुनासो गर्दै आएका छन् कि कलाकारको पारिश्रमिक दिनासाथ फिल्मको बजेट नै सन्तुलनबाहिर जान्छ। कतिपय निर्माता तथा वितरकहरू यो पारिश्रमिकमा असहमति जनाउँदै भन्छन्, कुनै कलाकारले स्टारडमका आधारमा पारिश्रमिक लिन्छ, त्यो ठिक हो। तर फिल्मको संभावित कमाइ, ब्रान्ड मूल्य र टिजर/ट्रेलरको स्तरले त्यो दाबी पुष्टि गर्न सकेन भने त्यो लगानी डुब्न सक्छ।
फिल्मको निर्देशन ऋषि लामिछानेले गरेका हुन् भने कथा–पटकथा सामीप्य तिमल्सिनाले तयार पारेका हुन् । माग्ने राजा फिल्मको न त कथावस्तुको विस्तृत सार सार्वजनिक गरिएको छ। टिजरले फिल्मको मुख्य पात्र माग्ने बुढालाई राजा शैलीमा देखाए पनि फिल्मले समेट्न खोजेको सामाजिक वा राजनीतिक व्यङ्ग्य अझै स्पष्ट छैन। निर्माण टिमले भने छिट्टै ट्रेलर सार्वजनिक गर्दै फिल्मको मूल कथा र अन्य पात्रहरूबारे खुलासा गरिने जनाएको छ। तर टिजरकै भरमा बनेको चर्चा अहिले ‘पैसाको राजा कि अभिनयको राजा?’ भन्ने प्रश्नमा सीमित बनेको छ।
टिजरले निराश तुल्याएको भए पनि दर्शकको एकथरी समूह अझै फिल्मप्रति सकारात्मक आशा राखिरहेको छ। उनीहरूको भनाइमा: केदार घिमिरे राम्रो अभिनेता हुन्, सायद ट्रेलरमा वास्तविक सामग्री देखिन्छ। फिल्मको ट्रेलर, गीत, संवाद र प्रचार रणनीतिमा निर्भर रहनेछ कि 'माग्ने राजा' विवादको विषयमा सीमित हुन्छ वा दर्शकले साँच्चिकै मनोरञ्जन पाउनेछन् यो भने हेर्न बाकि छ।
नेपाली फिल्म क्षेत्र अहिले आर्थिक संकट, दर्शकको घट्दो आकर्षण, र डिजिटल माध्यमको प्रतिस्पर्धामा छ। यस्तो बेला बजेटको सदुपयोग, सशक्त कथावस्तु, र कलाकारको मूल्यअनुसारको प्रस्तुति अत्यावश्यक बन्दै गएको छ। केदार घिमिरेको पारिश्रमिकले यसपटक उद्योगभित्रको गहिरो बहसलाई उजागर गरेको छ। के यो फिल्मले पारिश्रमिकअनुसारको नाफा दिन सक्छ? के माग्ने बुढाको यो ‘राजा यात्रा’ दर्शकको हाँसो र तालिका कारण बनिन्छ त? यो प्रश्नको उत्तर त फिल्म रिलिजपछि मात्र पाइनेछ। अहिलेका लागि भने ‘माग्ने राजा’ चर्चामा छ, न अभिनयका कारण, न कथा वा निर्देशनका कारण, तर पारिश्रमिकका कारण। खैर जे होस् माग्ने राजालाई हार्दिक शुभकामना!!!

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच