काठमाडौं । विश्वका धनाढ्य एवं टेस्लाका मालिक एलन मस्कले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तर्वार्ता लिएका छन् । सामाजिक सञ्जाल एक्समा लिइएको यो अन्तर्वार्तामा मस्क र ट्रम्पले धेरै विषयमा कुरा गरेका छन् । मस्क एक्सका मालिक पनि हुन् ।
कमला ह्यारिसबारे ट्रम्प
अन्तर्वार्तामा ट्रम्पले डेमोर्क्र्याटिक पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपति पदका उमेदवार एवं वर्तमान उपराष्ट्रपति कमला ह्यारिसका बारेमा पनि कुरा गरे । रिपलब्किन पार्टीका तर्फबाट राष्ट्रपतिका उमेदवार ट्रम्पले ह्यारिसको आलोचना गरेका थिए । उनले राष्ट्रपति पदको उमेदवार बनेपछि ह्यारिसले अहिले आफूले दिएजस्तो अन्तर्वार्ता नदिएको बताए ।
पुटिन र किमबारे के भने ?
ट्रम्पले आफूले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनलाई चिन्ने बताए ।
ट्रम्पले भने, “उनीहरू स्मार्ट छन् । जब उनीहरू (पुटिन र किम) कमला (ह्यारिस) र जो (राष्ट्रपति जो बाइडेन) सुतिरहेको देख्छन्, उनीहरू विश्वास गर्न सक्दैनन् ।”

इन्टरनेटमा के गरौं गरौं हुन्छ
टेलिकमको फाइबर इन्टरनेट जोड्ने ग्राहकलाई
क्यासिनो एपमार्फत नेपालीलाई सट्टेबाजीमा लगाउने
मोबाइल एपमार्फत १ घण्टामै श्रम
आठ महिनामा नेपाल भित्रिए ७८
खेलकुद मन्त्री र आइसिसी अध्यक्षबीच