ओमानका विदेशमन्त्रीले आज राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्ने

ओमानका विदेशमन्त्रीले आज राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्ने

अर्थ चौतारी

ओमानका विदेशमन्त्रीले आज राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गर्ने

A A- A+

काठमाडौं, भदौ ११ । ओमानका विदेश मन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले आज राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्दैछन्।

परराष्ट्रमन्त्री राणाको निमन्त्रणमा दुई दिने औपचारिक भ्रमणका लागि सोमबार नेपाल आइपुगेका हमादले आज राजनीति भेटाघाट गर्न लागेका हुन्।

अहिले बिहान ११ बजे होटल सोल्टीमा दुई देशका मन्त्रीहरुबीच नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। आजको भेटमा नेपाल र ओमानबीच श्रम सम्झौताका बारेमा पनि छलफल हुने जनाइएको छ।

विदेशमन्त्री हामदले दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन्। त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेल अपरान्ह तीन बजे शिष्टाचार भेटवार्ता गरेर उनी आजै साँझै स्वदेश फर्किनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?