अमेरिकाले थप आक्रमण नगर्ने आश्वासन दिनुपर्छ : इरान

अमेरिकाले थप आक्रमण नगर्ने आश्वासन दिनुपर्छ : इरान

अर्थ चौतारी

अमेरिकाले थप आक्रमण नगर्ने आश्वासन दिनुपर्छ : इरान

A A- A+

काठमाडौँ। इरानका उप-विदेशमन्त्री माजिद तख्न-रावान्चीले अमेरिकाले इरानमाथि थप आक्रमण नगर्ने आश्वासन नदिएसम्म वासिङ्टन र तेहरानबिच कूटनीतिक वार्ता पुनः सुरु हुन नसक्ने बताएका छन् ।

उनले बेलायती प्रसारणकर्तालाई इरानका तीन आणविक सुविधामा आक्रमण गरेको एक हप्तापछि अमेरिकाले वार्ताको टेबलमा फर्कन चाहेको सङ्केत गरेको बताए । “हामी कुनै पनि मितिमा सहमत भएका छैनौँ, हामी विधिमा सहमत भएका छैनौँ”, उनले भने, “अहिले हामी यस प्रश्नको उत्तर खोजिरहेका छौँ । के हामी संवादमा संलग्न हुँदा आक्रामकताको पुनरावृत्ति देख्नेछौँ ?”

अमेरिकाले ‘यो अत्यन्त महत्त्वपूर्ण प्रश्नमा एकदम स्पष्ट’ हुन आवश्यक रहेको उनले बताए । यस महिनाको सुरुमा इजरायलले इरानका आणविक स्थलहरू र सैन्य पूर्वाधारमा आक्रमण गर्दा इरान र अमेरिका तेहरानको आणविक कार्यक्रमलाई लिएर वार्तामा थिए । जुन २१ मा तीन आणविक स्थल फोर्डो, नातान्ज र इस्फाहानमा बमबारी गरेर अमेरिका उक्त आक्रमणमा सामेल भयो ।

उपविदेशमन्त्रीले अमेरिकाले सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई लक्षित गरेर ‘शासन परिवर्तनमा संलग्न हुन नचाहेको’ सङ्केत दिएको खुलासा गरे । तख्त–रावान्चीले इरानलाई अझै पनि युरेनियम संवर्धन गर्न अनुमति दिइनुपर्ने पनि बताए ।

“यसको स्तरबारे छलफल गर्न सकिन्छ, क्षमताको बारेमा छलफल गर्न सकिन्छ, तर तपाईंसँग संवर्धन हुनु हुँदैन, तपाईंसँग शून्य संवर्धन हुनुपर्छ, र यदि तपाईं सहमत हुनुहुन्न भने, हामी तपाईंमाथि बम प्रहार गर्नेछौँ भन्नु, यो जङ्गलको कानून हो”, उनले भने। इजरायलले इरानको आणविक कार्यक्रम बम उत्पादन गर्न नजिक रहेको दाबी गरेको छ भने तेहरानले यो शान्तिपूर्ण उद्देश्यका लागि भएको बताएको छ ।

सन् २०१५ को सम्झौताअनुसार इरानलाई व्यावसायिक आणविक उर्जा संयन्त्रका लागि तीन दशमलव ६७ प्रतिशतभन्दा कम शुद्धताको युरेनियम उत्पादन गर्न अनुमति दिइएको थियो । ट्रम्पले सन् २०१८ मा सम्झौता त्याग्नुभयो र इरानले नागरिक प्रयोगका लागि स्तरभन्दा माथि तर अझै पनि हतियार ग्रेडभन्दा तल ६० प्रतिशतसम्म समृद्ध युरेनियम उत्पादन गरेर जवाफ दियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?